Nepal
मुख्यपृष्ठ Check Email

परिचय
पाठ्यक्रम विकाश केन्द्र, शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत विद्यालय शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक, एवम अन्य शैक्षिणिक सामग्रीको व्यावस्था गरि शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिमा ठोस सहयोग पुर्याउनका लागि स्थापित प्राज्ञिक केन्द्र हो । केन्द्रले विकास निर्माण तथा परिमार्जन गरेका सामाग्रीको प्रयोग र उपादेयताका सम्बन्धमा वाषिर्क तथा आवधिक रुपमा छलफल, अन्तरक्रिया, प्रबोधिकरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालय शिक्षालाई समसामयिक, व्यावहारिक र प्रतिस्पर्धी बनाउनका लागि केन्द्रले अनुसन्धानमूलक कार्यहरु पनि गर्ने गर्छ । सचेत र सवल नागरिक निर्माणका लागि आधारस्तम्भका रुपमा रहेको विद्यालय शिक्षामा विद्यार्थीको आवश्यकता तथा रुचिका बीचमा सामञ्जस्य कायम गरी शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीमुखि बनाउने दिशामा स्थापना काल वि. सं. २०२८ देदि नै पाठ्यक्रम विकास केन्द्र दृढसङकल्पित छ । यस केन्द्रको कार्यालय भक्तपुर जिल्लाको सानो ठिमीमा छ ।