केन्द्रका मुख्यमुख्य कार्यहरू

E-mail Print PDF
  • स्वीकृत नीतिअनुसार विद्यालय शिक्षाको पाठ्यक्रम विकास, निर्माण, अद्यावधिक सुधार, परिमार्जन, परीक्षण र लागू गर्ने,
  • विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यक्रमसम्बद्ध सामग्रीको विकास, निर्माण, परिमार्जन, सुधार, परीक्षण र लागू गर्ने गराउने,
  • थप पाठ्यसामग्रीको स्वीकृति (सूची निर्माण गरी सार्वजनिक गर्ने गर्ने,
  • पाठ्यक्रम/पाठ्यपुस्तकबारे अध्ययन अनुसन्धान गर्ने गराउने,
  • सन्दर्भ सामग्रीको विकास र वितरण गर्ने गराउने,
  • राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सचिवालयको कार्य गर्ने,
  • केन्द्रले विकास/निर्माण/सुधार गरेका पाठ्यक्रम तथा पाठ्यक्रमसम्बद्ध सामग्रीहरूको प्रबोधीकरण गर्ने,
  • विदेशी शैक्षिक वा प्राज्ञिक संस्थाबाट माध्यमिक शिक्षासरह परीक्षा उत्तीर्ण गरी प्राप्त गरेका प्रमाणपत्र वा उपाधिलाई मान्यता तथा समकक्षता निर्धारण गर्न आवेदन गर्नेहरूको समकक्षता निर्धारणसम्बन्धी कार्य गर्ने,
  • पाठ्यक्रम र विद्यार्थी मूल्याङ्कनसम्बन्धी कार्य गर्ने गराउने,
  • विश्वव्यापी ज्ञान, सीप र प्रविधिको उपयोग गर्ने,
  • स्थानीय ज्ञान, सीप र प्रविधिको उजागर हस्तान्तरण गर्ने,
  • सिकाइउपलब्धिको मापदण्ड तयार गर्ने,
  • पाठ्यक्रमसम्बन्धी गतिविधिहरूमा निजी क्षेत्र, नागरिक समाज र स्थानीय निकायहरूसग समन्वय गरी आवश्यक कार्यहरू गर्ने,
  • विषयगत प्राज्ञिक समूहबाट आवश्यकतानुसार पाठ्यक्रमसम्बद्ध पृष्ठपोषण लिने ।
 

सूचनाहरु