केन्द्रको सुरक्षा, सरसफाइ, दैनिक प्रशासन, कर्मचारी प्रशासन, जिन्सी व्यवस्थापनलगायतका कार्य गर्नु यस शाखाको मुख्य जिम्मेवारी हुने छ । यस शाखाका मुख्यमुख्य कामहरू निम्नानुसार छन्ः
- केन्द्रको भवन तथा परिसरको सुरक्षासम्बन्धी व्यवस्था मिलाउने,
- केन्द्रको सरसफाइसम्बन्धी व्यवस्था मिलाउने,
- केन्द्रका कर्मचारीहरूको हाजिरी, बिदा, काजसम्बन्धी कार्य गर्ने,
- केन्द्रका कर्मचारीहरूको आन्तरिक सरुवा, शाखा तोक्ने, कार्य विवरण तोक्ने कामका लागि कार्यकारी निर्देशकसमक्ष पेस गर्ने,
- केन्द्रका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी अभिलेख राखी सम्बन्धित ठाउँमा पठाउने,
- सम्बन्धित शाखाको सहमति लिई केन्द्रका कर्मचारीको मनोनयन, पुरस्कार, सजायसम्बन्धी कार्यका लागि कार्यकारी निर्देशक समक्ष पेस गर्ने,
- आर्थिक प्रशासन शाखासंग समन्वय गरी केन्द्रको तलबी प्रतिवेदन तयार गर्ने तथा स्वीकृत गराउने कार्य गर्ने,
- केन्द्रको व्यवस्थापन सुदृढीकरणसम्बन्धी कार्य गर्ने गराउने,
- केन्द्रको कर्मचारी बैठकसम्बन्धी कार्य गर्ने,
- सार्वजनिक सुनुवाइ सम्बन्धी कार्य गर्ने,
- केन्द्र तथा केन्द्रका कर्मचारीका सम्बन्धमा परेका गुनासोसम्बन्धी कार्य गर्ने,
- केन्द्रको दर्ता चलानीसम्बन्धी कार्य गर्ने गराउने,
- केन्द्रको पानी, विद्युत्, टेलिफोनसम्बन्धी व्यवस्था गर्ने,
- केन्द्रको बगैँचाको व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- केन्द्रको दैनिक कार्य तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यालय सामानहरूको खरिद तथा वितरणसम्बन्धी कार्य गर्ने,
- केन्द्रबाट मुद्रण गरिने सामग्रीहरू सम्पादन तथा प्रकाशन शाखाबाट स्वीकृत स्पेसिफिकेसनअनुसार मुद्रण गराउने, तथा स्वीकृत नीतिका आधारमा ढुवानी तथा वितरण गर्ने गराउने,
- केन्द्रका जिन्सी सामानहरूको मर्मत सम्भार तथा संरक्षणसम्बन्धी कार्य गर्ने गराउने,
- केन्द्रका जिन्सी सामानको अभिलेख व्यवस्थापनसम्बन्धी कार्य गर्ने,
- जिन्सी निरीक्षण गराउने र लिलाम तथा मिनाहासम्बन्धी कार्य गर्ने,
- केन्द्रको सवारी साधनको व्यवस्थापन गर्ने,
- केन्द्रको सुशासनसम्बन्धी कार्य गर्ने,
- आफ्नो शाखासंग सम्बन्धित विषयमा सम्बद्ध सरोकारवालाले माग गरेका जानकारीहरू उपलब्ध गराउने,
- राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र कार्यकारी निर्देशकले तोकेका अन्य कार्यहरू गर्ने ।





