सम्पादन तथा प्रकाशन शाखा

E-mail Print PDF

केन्द्रबाट विकास निर्माण, परिमार्जन हुने सामग्रीहरूको भाषा सम्पादन गर्ने, मुद्रणीय प्रति तयार गर्ने, मुद्रण गर्ने, मुद्रणको व्यवस्था गर्ने गराउने, पाठ्यक्रम, पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीसम्बन्धी नीति नियम निर्माण तथा कार्यान्वयन गर्नु गराउनु यस शाखाको मुख्य जिम्मेवारी हुने छ । यस शाखाका विस्तृत कार्य तपसिलबमोजिम छन्:

  • राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र परिषद्सम्बन्धी कार्य सञ्चालन गर्ने,
  • राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट भए गरेका निर्णयहरू कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्ने,
  • विषय समितिबाट तयार भई प्रस्तुत भएका पाठ्यक्रम, पाठ्यपुस्तक एवम् सबै प्रकारका शैक्षणिक सामग्रीहरूका सम्बन्धमा आवश्यक निर्णयका लागि पाठ्यक्रम समन्यव समितिमा पेस गर्ने,
  • पाठ्यक्रम विकास केन्द्रबाट विकास निर्माण गरिने सबै प्रकारका मुद्रणीय तथा इलेक्ट्रोनिक सामग्रीहरूको भाषा सम्पादन गर्ने,
  • पाठ्यक्रम विकास केन्द्रबाट उत्पादित सामग्रीको गुणस्तर निर्धारण गर्न सूचक तयार गरी गुणस्तर कायम गर्ने,
  • जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, साझा प्रकाशन आदिबाट छापिने सामग्रीको मुद्रणीय प्रतिसंग दिइएको स्पेसिफिकेसन अनुसार छपाइ भएनभएको यकिन गर्न प्रथम प्रति मगाई गुणस्तरयुक्त भए मात्र सम्पूर्ण छपाइ (mass printing) गर्न अनुमति दिनेसम्बन्धी कार्य गर्ने,
  • अन्य शाखासंग समन्वय गरी बालसन्दर्भ सामग्री विकास निर्माणको व्यवस्था गर्ने,
  • विकास निर्माण गरिएका शैक्षणिक सामग्रीका मुद्रणीय प्रति तयार गर्ने,
  • मुद्रण गरिने सामग्रीको स्पेसिफिकेसन तयार गर्ने,
  • पाठ्यपुस्तक विकासका लागि लेखक छनोट सम्बन्धी कार्य गर्ने,
  • सम्पादक मण्डलसम्बन्धी कार्य गर्ने,
  • केन्द्रबाट विकास निर्माण गरिएका सामग्रीहरू स्वीकृत नीतिका आधारमा केन्द्रबाटै मुद्रण गराउनका लागि केन्द्रको प्रशासन शाखासंग समन्वय गरी कार्य अगाडि बढाउने,
  • मन्त्रालयको स्वीकृत नीतिको अधीनमा रही पाठ्यक्रम, पाठ्यपुस्तक र अन्य शैक्षणिक सामग्री उत्पादनसम्बन्धी कार्य गर्ने,
  • केन्द्रबाट विकास निर्माण गरिएका सामग्रीहरू स्वीकृत नीतिका आधारमा जनक शिक्षा सामग्री केन्द्र लि. तथा अन्य मुद्रण संस्थाहरूमा मुद्रणका लागि पठाउने,
  • शिक्षा विभाग, जनक शिक्षा सामग्री केन्द्र लि. र साझा प्रकाशनसंग समन्वय कायम गरी पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रकाशन र वितरणको क्यालेन्डर तयार गर्ने,
  • जनक शिक्षा सामग्री केन्द्र लि., साझा प्रकाशन तथा अन्य मुद्रण संस्थामा मुद्रणका लागि पठाइएका सामग्रीहरू समयमै मुद्रण भए नभएको तथा प्रभावकारी रूपमा वितरण भएनभएको अनुगमन गर्ने,
  • पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशन हुने पाठ्यसामग्रीको प्रकाशन शैली (House Style) तयार गरी कार्यान्वयनका लागि कार्यकारी निर्देशकसमक्ष पेस गर्ने,
  • केन्द्रसंग सम्बन्धित प्रतिलिपि अधिकारसम्बन्धी कार्य गर्ने गराउने,
  • सम्बन्धित सबै सरोकारवालासंग समन्वय गरी वर्णविन्यास निर्देशिका, चित्र बैङ्क र सामान्य तथा प्राविधिक शब्दकोश निर्माण गरी अद्यावधिक गर्ने,
  • केन्द्रबाट विकास निर्माण भएका सामग्रीहरूको मुद्रणीय प्रति, सी.डी., Çलपी डिस्केटहरू सुरक्षासाथ अभिलेख गर्ने,
  • पाठ्यक्रम विकास केन्द्रबाट तयार गरिएका सबै प्रकारका मुद्रित सामग्रीको एक प्रति केन्द्रको पुस्तकालयमा उपलब्ध गराई अभिलेखीकरण गर्न लगाउने,
  • पाठ्यक्रम समन्वय समितिसम्बन्धी कार्य गर्ने,
  • पाठ्यक्रम, पाठ्यपुस्तक एवम् थप पाठ्यसामग्री स्वीकृतिसम्बन्धी कार्य गर्ने,
  • केन्द्रबाट विकास निर्माण गरिने सामग्रीहरूको इलस्ट्रेसन, चित्राङ्कनसम्बन्धी कार्य गर्ने,
  • केन्द्रबाट तयार गरिने सामग्रीको गुणस्तरसम्बन्धी मापदण्ड निर्माण गर्ने तथा लागू गर्ने,
  • मुद्रण गरिएका सामग्रीहरूको गुणस्तर परीक्षणसम्बन्धी कार्य गर्ने,
  • विद्यालयस्तरमा प्रयोग हुने पाठ्यपुस्तक तथा शैक्षणिक सामग्रीसम्बन्धी राष्ट्रिय पुस्तक नीति तयार गरी स्वीकृत गरिएअनुसार कार्यान्वयन गर्ने गराउने,
  • आफ्नो शाखासंग सम्बन्धित विषयमा सम्बद्ध सरोकारवालाले माग गरेका जानकारीहरू उपलब्ध गराउने,
  • पुस्तकालयलाई सुदृढीकरण गर्ने योजना बनाई कार्यान्वयन गर्ने,
  • राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र कार्यकारी निर्देशकले तोकेका अन्य कार्यहरू गर्ने ।
 

सूचनाहरु