आर्थिक प्रशासन शाखा

E-mail Print PDF

केन्द्रको वार्षिक बजेट निर्माण, आम्दानी र खर्च तथा सोको लेखा, लेखाको आन्तरिक तथा अन्तिम परीक्षण, बेरुजुको अभिलेख तथा फर्छौट लगायतका कार्यहरू व्यवस्थित गर्ने गराउने यस शाखाको मुख्य कार्यहरू निम्नबमोजिम छन्: केन्द्रको चालु र पु“जीगत बजेट निर्माणमा सहयोग गर्ने,

  • ·स्वीकृत चालु र पुँजीगत बजेट निकासा मागसम्बन्धी कार्य गर्ने,
  • प्रचलित आर्थिक प्रशासनसम्बन्धी ऐन, नियमावली र स्वीकृत नीति निर्देशन तथा कार्यक्रम समेतका आधारमा आर्थिक कारोबार सम्बन्धी कार्य गर्ने, आर्थिक प्रशासनसम्बन्धी विषयमा राय परामर्श लिनेदिने कार्य गर्ने,
  • शिक्षा मन्त्रालयसम्बद्ध निकायहरू (जस्तैः जनक शिक्षा सामग्री केन्द्र लि.) संग समबन्धित आम्दानी तथा खर्च सम्बन्धी कार्य गर्ने,
  • आर्थिक पारदर्शिता, मितव्ययिता, प्रभावकारिता एवम् नियमितता कायम गर्ने,
  • केन्द्रको लेखाको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने,
  • बेरुजु अभिलेख तथा फछ्र्यौटसम्बन्धी कार्य गर्ने,
  • कार्य सम्पन्न हुनासाथ यथाशीघ्र भुक्तानीको व्यवस्था गर्ने,
  • केन्द्रको राजस्व तथा धरौटीसम्बन्धी कार्य गर्ने,
  • आर्थिक कारोबारलाई चुस्त र दुरुस्त राख्ने,
  • प्रत्येक वर्ष तर्जुमा गरिने वार्षिक बजेट र कार्यक्रमको छलफलमा संलग्न हुने,
  • प्रत्येक आर्थिक वर्षको अन्त्यमा लगानी र प्रतिफलको विश्लेषण गर्न सहयोग पुर्‌याउने,
  • आफ्नो शाखासंग समबन्धित विषयमा सम्बद्ध सरोकारवालाले माग गरेका जानकारीहरू उपलब्ध गराउने,
  • राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र कार्यकारी निर्देशकले तोकेका अन्य कार्यहरू गर्ने ।
 

सूचनाहरु