भाषा शिक्षा शाखा

E-mail Print PDF

केन्द्रको वर्तमान सङ्गठन संरचना अनुसार विद्यालय शिक्षाको भाषा शिक्षण सिकाइका लागि पाठ्यक्रम, पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री विकास, निर्माण, परिमार्जन तथा सुधार गर्नु यस शाखाका मुख्य जिम्मेवारी हुने छ ।

यस शाखाका कार्यहरू निम्नानुसार हुने छन्:

  • नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाको पाठ्यक्रम विकास गर्ने,
  • लेख्य परम्परा भएका विभिन्न मातृभाषाका सम्बन्धमा अध्ययन अनुसन्धान गरी आवश्यकता र सम्भाव्यताका आधारमा पाठ्यक्रम विकास, निर्माण र परिमार्जन गर्ने,
  • नेपाली, अङ्ग्रेजी, संस्कृत र विभिन्न मातृभाषाका पाठ्यक्रमका आधारमा पाठ्यपुस्तकहरू तयार गर्ने गराउने,
  • विभिन्न भाषाका प्राज्ञिक र दक्ष व्यक्तिहरूको नामनामेसीसहितको विवरण (रोस्टर) तयार गर्ने,
  • एक भाषाको अर्को भाषासंग को अन्तरसम्बन्धका विषयमा अध्ययन विश्लेषण गर्ने गराउने,
  • भाषाको कक्षागत तथा तहगत लम्बीय र अन्य भाषा तथा विषयसंगको समतलीय अन्तरसम्बन्धको विश्लेषण गरी प्राप्त तथ्यहरू अभिलेख गर्ने,
  • भाषा शिक्षण सिकाइ व्रिmयाकलापलाई प्रभावकारी बनाउनका लागि शिक्षक निर्देशिका, श्रव्यदृश्य सामग्री, प्रयोगात्मक पुस्तिकालगायतका आवश्यक सामग्रीको निर्धारण गर्ने, विकास निर्माण गर्ने र तिनको प्रबोधीकरण गर्ने,
  • विद्यालय शिक्षामा भाषा शिक्षाको विकास र प्रभावकारिताका लागि सम्बद्ध पक्ष तथा निकायसंग स्वीकृत नीतिअनुसार सहयोग र सम्बन्ध विस्तार गर्ने,
  • सम्बन्धित भाषाहरूको विषयगत समिति गठनका लागि सम्भावित नामावली पेस गर्ने,
  • शाखाबाट तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्रीहरूका सम्बन्धमा सम्बन्धित भाषाका शिक्षहरूका कार्यशाला गराई पृष्ठपोषण सङ्कलन गर्ने,
  • तयार गरिएका सामग्रीहरू सम्बन्धित विषय समिति (भाषा समिति) मा छलफल गराई अन्तिम रूप दिने,
  • विषय समितिबाट प्राप्त रायसुझाव समायोजन गरी समन्वय समितिमा पेस गर्ने,
  • भाषा शिक्षाको शिक्षण सिकाइ व्रिmयाकलापलाई प्रभावकारी तथा सान्दर्भिक बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका नयाँ उन्नयन तथा प्रवर्तनका सम्बन्धमा परीक्षण मूल्याङ्कन र योजना तथा अनुगमन शाखासमेतबाट नियमित रूपमा जानकारी लिई सोको अध्ययन विश्लेषण गरी नतिजा कार्यान्वयनका लागि प्रस्ताव पेस गर्ने,
  • भाषा शिक्षाको विकास र विस्तारका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट भएको मार्गदर्शन तथा नीति निर्देशनको कार्यान्वयनका लागि आवश्यक कार्य गर्ने,
  • पाठ्यक्रम विकास केन्द्रबाट विकास, निर्माण गरिने आफ्नो शाखासंग सम्बन्धित विषयका मुद्रणीय तथा इलेक्ट्रोनिक सामग्रीहरूको विषयवस्तु सम्पादन गर्ने,
  • विभिन्न भाषामा तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक तथा अन्य सामग्रीको पाण्डुलिपि सम्पादन तथा प्रकाशनका लागि केन्द्रको सम्पादन तथा प्रकाशन शाखामा पठाउने,
  • विद्यालय शिक्षामा भाषा शिक्षाको विकास र विस्तारका लागि आवधिक योजना र वार्षिक कार्यक्रम तथा लागत अनुमान तयार गरी परीक्षण, मूल्याङ्कन र योजना तथा अनुसन्धान शाखामा प्रत्येक आर्थिक वर्षको तोकिएको अवधिभित्र पठाउने,
  • आफ्नो शाखासंग सम्बन्धित कार्यका सम्बन्ध्मा मासिक रूपमा तथा आवश्यकतानुसार भएगरेका प्रगति तथा समस्याका विषयमा स्पष्ट हुने गरी तोकिएअनुसारको ढाँचामा प्रगति प्रतिवेदन तयार गरी कार्यकारी निर्देशकसमक्ष पेस गर्ने, सोको एक प्रति परीक्षण, मूल्याङ्कन र योजना तथा अनुसन्धान शाखामा पठाउने,
  • आफ्नो शाखासंग सम्बन्धित विषयमा सम्बद्ध सरोकारवालाले माग गरेका जानकारीहरू उपलब्ध गराउने,
  • भाषा प्रयोगशालासम्बन्धी कार्य गर्ने गराउने,
  • राष्ट्रिय भाषा नीतिअनुरूप कार्यक्रम विकास गरी भाषिक समस्याहरूको समाधान गर्ने गराउने,
  • विभिन्न भाषासंग सम्बन्धित शैक्षिक सामग्रीको स्वीकृतिका लागि सिफारिस गर्ने गराउने,
  • राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् र कार्यकारी निर्देशकले तोकेका अन्य कार्यहरू गर्ने ।
 

सूचनाहरु