सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

E-mail Print PDF

(प्रथम पटक प्रकाशित मिति २०६८/१०/२३ गते)

यस केन्द्रका लागि मसलन्द सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त मूल्य अभिवृद्धिकरमा दर्ता भएका इच्छुक फर्महरूबाट देहायका शर्तबमोजिम रीतपूर्वकको सिलबन्दी दरभाउपत्र आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

१.   दरभाउपत्रका लागि फर्म दर्ता तथा मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र प्यान र करचुक्ता प्रमाणपत्रको  प्रतिलिपि सहित रु. ३००।– (फिर्ता नहुने) बुझाई यस केन्द्रबाट सूचना प्रकाशित भएको १५ औं दिनको कार्यालय समयभित्र खरिद गर्न सकिने छ ।

२.   खरिद गरिएको दरभाउपत्र भरी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिनको १३.०० बजे भित्र यस केन्द्रमा दर्ता गराइसक्नुपर्नेछ । सो दरभाउपत्रमा दररेट भरी सहीछाप गरी सिलबन्दी गरेको खाम बाहिर मसलन्द सामग्रीको खरिदसम्बन्धी दरभाउपत्र भनी उल्लेख भएको हुनुपर्नेछ ।

३.   दरभाउपत्रमा सामानको दररेट अङ्क र अक्षरमा लेख्नुपर्नेछ । अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।

४.   म्याद भित्र दर्ता हुन आएका दरभाउपत्रहरू सोह्रौँ दिनको १३M३० बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरूको रोहवरमा यस केन्द्रमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधिहरू उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।

५.   दरभाउपत्र दर्ता गर्ने अन्तिम दिन वा खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको भोलि पल्ट उक्त कार्य सोही उल्लेखित समयमा गरिनेछ ।

६.   जमानत वापत दरभाउपत्र साथ कबोल अङ्कको २.५ प्रशिशत बराबरको रकमको कम्तीमा ७५ दिन म्याद भएको विडबण्ड वा ने.बै.लि.भक्तपुर,कमलविनायक स्थित को.ले.नि.का. भक्तपुरको धरौटी हि.नं.१९—५१—९७४०० मा जम्मा गरेको भौचर पेश गर्नुपर्ने छ र दरभाउपत्र स्वीकृत भइसकेपछि स्वीकृत दरभाउपत्रदाताले कबोल अङ्कको ५ प्रतिशत बराबरको कम्तीमा४५ दिन म्याद भएको परफरमेन्स बण्ड वा नपुग धरौटी रकम थप जम्मा गर्नुपर्नेछ ।

७.   रीत नपुगेको वा म्याद नाघी आएको दरभाउपत्रउपर कुनै कारवाही गरिने छैन ।

८.  सिलवन्दी दरभाउपत्र दाताले मसलन्द सामग्री आपूर्ति कार्यमा भाग लिन अयोग्य नभएकोस्वार्थ नबाझिनएको र व्यवसायसम्बन्धी कसुरमा कुनै पनि सजाय नभएको भनी लिखित घोषणा गरेको कागजात सहित सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ ।

९.   दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस केन्द्रमा सुरक्षित रहनेछ ।

१०.  दरभाउपत्र दाताले कावोल गरेको दररेटमा केन्द्रलाई आपूर्ति गर्नुपर्ने सामग्रीहरू घटी वा बढी परिमाणमा माग भएमा सोही बमोजिम कवोल गरेको दरमा नै आपूर्ति गर्नुपर्नेछ ।

११.  माथि नपरेका शर्तका सम्बन्धमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ ।

१२.  दरभाउपत्र सम्बन्धी कुनै कुरा बुझ्नु परेमा कार्यालय खुलेको समयमा यस केन्द्रको भण्डार शाखामा बुझ्न सकिनेछ ।

१३.  यो सूचना यस केन्द्रको वेवसाइट http://moescdc.gov.np मा पनि हेर्न सकिने छ ।


Attachments:
Download this file (Tender.DOC)Tender.DOC[ ]36 Kb
Last Updated ( Wednesday, 15 February 2012 06:33 )